


कागेश्वरी मनोहराका मेयर कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं – निर्वाचन आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीलाई स्पष्टीकरण सोधेको छ।
आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारलाई भोट मागेको भन्दै कार्कीलाई आयोगले स्पष्टीकरण सोधेको हो।
काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको आरोप कार्कीमाथि छ।
उनलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन आयोगले भनेको छ।

