नेपाल बैंक स्थापनाको ८५ वर्ष पूरा


काठमाडौँ- नेपालकै पहिलो बैंक ‘नेपाल बैंक लिमिटेड’ स्थापनाको ८५ वर्ष पूरा भएको छ । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’ को स्थापनाबाट भएको हो ।

यस बैंकको स्थापना १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए ।

त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा शुरू भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट शुरू भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख रुपैयाँ थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बंैकको भूमिका अतुलनीय रहेको छ । यसको आफ्नै लामो गौरवमय इतिहास छ ।

नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बंैक लिमिटेडलाई जान्छ ।

भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बंैक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरुमा सदा लेखिइरहने नै छ ।

त्यसैगरी वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्दी्रय बैंकको भूमिकासमेत निर्वाह गरेको नेपाल बंैक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको बैंक हो । नेपालको

आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८६ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागिपरिरहेको छ ।

बैंकमा हाल २३ लाखभन्दा बढी ग्राहक छन् । बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोचअनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको छ । कैयौँ समाज सेवाका कार्यहरूमा बैंक निरन्तर साथ दिइरहेको छ ।

त्यसैगरी हरेक नेपालीहरूमा वित्तीय ज्ञान एवं चेतना प्रदान गर्दै वित्तीय पहुँचको विस्तार एवं वित्तीय समावेशीकरणमार्फत आर्थिक समृद्धिको आधारशिला निर्माणमा टेवा प्रदा गर्न देशव्यापी रूपमा वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

बैंकले सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोड लगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ ।

बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ ।
वि.सं. २०७९ असार मसान्तसम्म १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रदान गर्न बंैक सफल भएको छ ।

८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ ।

बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, कासा निक्षेप, आधार दरको न्यूनता, स्प्रेड दर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ ।

त्यसैले हरेक वित्तीय परिसूचकहरुका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको छ ।

प्रतिक्रिया