


अछाम केन्द्रविन्दु भएर पुनः ४.२ म्याग्नेच्युडको भूकम्प

काठमाडौं – नेपालको पश्चिम क्षेत्रमा मंगलबार पुनः भूकम्पको धक्का महसुस भएको छ।
अछाम केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। साँझ ६ बजेर ८ मिनेट भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
यसबारे थप विवरण आउन बाँकी छ।

