१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ – सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेर ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया