माल्दिभ्समा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु


काठमाडाैं – माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीवार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको भूइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो भने भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।प्रहरीका अनुसार ती कामदार बंगलादेश, भारत र श्रीलंकाका नागरिक हुन् ।

भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ । फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा १० जनाको मृत्यु भएको छ भने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ ।

उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।

प्रतिक्रिया