

टी- २० विश्वकप : भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा

काठमाडौं – अस्ट्रेलियामा जारी आठौं संस्करणको टी(ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा प्रवेश गरेको छ ।ओपनर जस बट्लर र एलेक्स हेल्सको कीर्तिमानी साझेदारीमा इङल्याण्ड आइसीसी टी २० विश्वकपको फाइनलमा पुगेको हो।
इङल्याण्डका ओपनर जस बट्लर र एलेक्स हेल्सले पहिलो विकेटका लागि १ सय ७० रनको अविजित साझेदारी गरेपछि भारतमाथि सानदार जित निकालेको हो। यसअघि टि–२० विश्वकप अन्तर्गत सिड्नीमा भएको बगंलादेशविरुद्धको खेलमा दोस्रो विकेटका लागि साउथ अफ्रिकाका क्निटन डि कक र रिले रोसोउले दोस्रो विकेटका लागि १६८ रनको किर्तिमानी साझेदारी गरेका थिए।
बिहिबार भएको खेलमा भारतमाथि १० विकेटले पराजित गर्दै इङ्ग्ल्याण्ड सन् २०१७ पछि विश्वकपको फाइनलमा पुगेको हो। सन् २०१० को च्याम्पियन टोली इङ्ग्ल्यान्ड दोस्रो पटक विश्वकपको उपाधि उचाल्न चाहान्छ । यसअघि इङल्याण्ड सन् २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।

