दुई महिनासम्म चल्ने पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी


काठमाडौं – पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ ।

विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका हुन् ।

अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको ट्रेण्ड टू किल ९टीटूके०ले विश्व च्याम्पियनसिप खेल्नेछन् । पीएमजीसीमा छनोट प्रतियोगिताबाट आएका ४८ टिमलाई १६ टिमका दरले तीन समूहमा विभाजन गरिएको छ ।

नेपालबाट छनोट भएकामध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन् ।

प्रतिक्रिया