राप्रपाले काठमाडौँमा आमसभा गर्दै


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा आमसभा गर्ने भएको छ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कात्तिक २५ गते वसन्तपुरमा आमसभा गर्ने तयारी छ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

आमसभामा काठमाडौँ उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्।

राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ। अध्यक्ष लिङ्देनले देशका विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्दै आएका छन्।

राप्रपाले गोरखा, नवलपुर, नवलपरासीलगायत ठाउँमा आमसभा गरिसकेको छ।

प्रतिक्रिया