

अख्तियारद्वारा १२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको जनाएको छ । मङ्गलवार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।
जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनमा गएको अख्तियारले जनाएको छ । उक्त मुद्दाको कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारले जनाएको छ ।

