प्रचण्डपत्नी सीताको अवस्था गम्भीर


ललितपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।

शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीताको स्वास्थ्यमा समस्या पछि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी) मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल स्रोतले भन्यो, नन् इन्भेसिभ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।’

एक साताअघिमात्र १६ दिनको अस्पताल बसाईपछि घर लगिए पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएकोले पुनः अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको स्वास्थ्यमा छिन—छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ ।

उनी लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् ।

प्रतिक्रिया