ओलीले गर्ने सभा पञ्च र्‍याली भन्दा ठूलो हुँदैनः प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा गर्ने सभालाई पञ्च र्‍यालीको संज्ञा दिएका छन्।

राजधानीमा सोमबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,‘पहिला पहिला राजाहरूले पनि त्यसरी र्‍याली गर्थे, त्यो पञ्च सभा भन्दा ठूलो हुनेछैन।’

कर्मचारी, सेना, प्रहरीलाई धम्क्याएर ओलीको सभामा उपस्थित गराइनेछ। उनले राजा महाराजाले गरेका सभाको उदाहरण दिँदै भने,‘तर त्यो न्यायका पक्षमा नभई निरंकुशता र तानाशाहीका पक्षमा हुन्छ। जनताको पक्षमा हामीले गर्ने कार्यक्रम हुनेछ।’

प्रतिनिधि सभा विघटनविरुद्धको थप आन्दोलनका कार्यक्रम घोषणा हुनुपूर्व सम्बोधन गरेका उनले भने,‘ओलीले इतिहासमा कलंकको कालो टिको लगाइसके, नाम त रहन्छ नै। हिटलरको पनि रह्यो, लेलिनको पनि रह्यो। तर हिटलर कुनाम, दुर्नाम र बदनाम भए। ओलीको नाम पनि त्यसरी नै रहने हो।’

उनले अब हुने विरोध सभामा कम्तिमा २५ हजार मानिसलाई काठमाडौंको सडकमा उतार्नका लागि पनि आह्वान गरेका छन्।

प्रतिक्रिया