शिवसेनाका नेता सुधीर सुरीको दिनदहाडै गोली हानी हत्या


नयाँ दिल्ली – शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ ।

गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया