‘म्याच’ भयो निहारिकाका छोरा र शिवराजको ‘डीएनए’


काठमाडौं – निहारिका राजपूतका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डिएनए म्याच भएको छ ।

उच्च अदालत जनकपुरले राजपूतको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

डिएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपूतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज (शुक्रबार) अदालतले डिएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।

प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपूतका छोराको ९९.९९९ प्रतिशतले डिएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुर जनाएको छ ।

अदालतका अनुसार रिपोर्ट नआएको हुँदा २५ गतेका लागि साधारण तारेख दिइएको थियो । अब रिपोर्ट आइसकेकोले अर्को सुनुवाइको पेसी तोकिनेछ ।

प्रतिक्रिया