
विराटनगरको ‘काेल्ड स्टाेर’ मा ग्यास चुहिँदा १ जनाको मृत्यु
माेरङ – मोरङको ‘काेल्ड स्टाेर’ मा ग्यास चुहिँदा १ जनाको मृत्यु भएको छ । विराटनगर उपमहानगरपालिका ४ मा रहेको रामजानकी शीत भण्डार (काेल्ड स्टाेर) मा ग्यास चुहिँदा एक जना कर्मचारीको मृत्यु भएको हो ।
विराटनगर-५ को चाखालका ५४ वर्षका रिद्धी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शीत भण्डार चिसो पार्नका लागि एमोनिया ग्यास खुलाउन मर्मत गर्ने क्रममा अचानक ग्यास चुहिँदा चौधरीको निसास्सिएर ज्यान गएको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए ।
चौधरीले तीन दिन अघिदेखि मात्रै शीत भण्डारमा काम गर्न थालेका थिए ।



कागजपत्र |
