संसदमा जान तम्तयार छौं : रवी लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । आज चुनावका ‘बाचा पत्र’ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई बाचापत्रमा समेटेको बताउँदै हाफू देश दौडामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको बताए । यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए ।

उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबीसमेत गरे ।

प्रतिक्रिया