पहाडी भेगमा हल्का वर्षाको सम्भावना, आज कुन-कुन प्रदेशमा होला त वर्षा ?


काठमाडौं – आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया