प्रमुख निर्वाचन आयुक्त भेट्न आयोग पुगे जापानी राजदूत युताका


काठमाडाैं – प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् ।

निर्वाचन आयोगमा बुधबार भएकाे उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएकाे छ ।

प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया