

पुल भाँचिदा घटनाका घाइतेहरूलाई भेट्न अस्पताल पुगे मोदी

काठमाडाैं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा पुल भाँचिदा घाइते भएकाहरूलाई भेट्न अस्पताल पुगेका छन् । उनले घाइतेलाई सिभिल अस्पतालमा गएर भेटेका हुन् ।
भारतीय जनता पार्टीका प्रवक्ता सम्वित पात्राले ट्वीटरमा मोदीले घाइतेलाई भेटेको तस्वीर शेयर गरेका छन् । आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँच्चिदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी हराइरहेका छन् ।
छठ पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।
माननीय प्रधानमंत्री श्री @narendramodi जी ने मोरबी, गुजरात में हुए पुल हादसे के पीड़ितों से सिविल अस्पताल में जाकर मुलाकात की। pic.twitter.com/icjKttiRpc
— Sambit Patra (Modi Ka Parivar) (@sambitswaraj) November 1, 2022

