
तोसिमा कार्कीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश, उम्मेदवारी कायमै रहने
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा उम्मेदवार डा। तोसिमा कार्कीको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ।
उम्मेदवारी खारेजी गर्ने गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दर्ता रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको इजलासले तोसिमाको पक्षमा अन्तरिम आदेश दिएको हो ।
यो आदेशसँगै मंसिर ४ को निर्वाचनका लागि तोसिमाको उम्मेदवारी कायमै रहने भएको छ। आयोगले गत १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । उक्त निर्णयविरुद्ध उनी सर्वोच्च गएकी थिइन् ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । त्यही उजुरीको आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी बदर गरिदिएको थियो।



कागजपत्र |
