


डा. तोसिमा र नो, नट अगेनविरुद्धको रिटको सुनुवाई न्यायाधीश चुडालको एकल इजलासमा

काठमाडौं — ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि डा. कार्कीले दिएको रिटमाथि आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
त्यसका साथै फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट पनि चुडालकै इजलासमा सुनुवाइ हुने भएको छ।
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो। उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन्।
‘नो, नट अगेनु क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

