


नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ थपिएसँगै मृतक संख्या २ हजार नाघेको छ । पछिल्लो थपिएको संख्यासँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना संक्रमण परिक्षणको नतिजा पोजेटिभ देखिएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा ४०३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार १३४ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।
त्यस्तै हालसम्म १४५ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ४३ हजार २५५ जनाको पीसीआर परिक्षण गरिएको छ ।

