
नेपालले यूएईसँग तीन खेलकाे एकदिवसीय शृङ्खला खेल्ने
काठमाडाैं – नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग तीन खेलकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएकाे छ । सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज साेमवार विज्ञप्ति निकालेर जानकारी दिएकाे छ ।
नेपाल र यूएईबीचकाे पहिलाे एकदिवसीय नाेभेम्बर १४ मा हुने तालिका छ । यस्तै दाेस्राे खेल नाेभेम्बर १६ मा र तेस्राे तथा अन्तिम खेल नाेभेम्बर १८ मा हुने क्यानले जनाएकाे छ । सबै खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।



कागजपत्र |
