‘चुनावमा जान तयार छौं’


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफुहरु चुनाव जान तयार रहेको बताएका छन् । चितवनमा भएको पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले सर्वोच्च अदालतले संसद विघटन सदर गरे आफूहरू पनि चुनावमा जान तयार भएको बताएका छन् ।

संसद विघटन आफूहरूको माग र प्रस्ताव नभए पनि सरकारले गरेको संसद विघटन अदालतले सदर गरे पार्टी चुनावमा जाने अध्यक्ष थापाले बताए । सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्ने गरी कुनै पनि दल वा नेता विषेशले अभिव्यक्ति दिन नहुने थापाले स्पष्ट पारे ।

प्रतिक्रिया