
पाँच तलामाथिबाट खस्दा काठमाडौँमा दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ- काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९ः२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।
गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२ः४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
