देशभर थप २० जनामा कोरोना पुष्टी, ३४ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप २० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १०८४ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ३४ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । यससँगै नेपालमा अहिलेको अवस्थामा ५५२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा गत २४ घन्टामा कोरोनाकै कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।

प्रतिक्रिया