प्रधानमन्त्री ओलीको प्रश्न – सांसद भनेको जागिर हो र पाँचै वर्ष खानलाई?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्ले पाँचै वर्ष काम गर्न पाउनुपर्छ भन्ने विषयको प्रतिवाद गरेका छन्। अपांगता भएका व्यक्तिहरूको समस्या र सवालमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पाँचै वर्षका लागि जागिर जस्तो सांसद् पद नभएको बताएका हुन्।

‘चुनिएर आएपछि संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने, सांसद् भनेको जागिर हो? सांसद् भनेको जागिर होइन। उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ। यो सथायी जागिर हो?’, उनले भने।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको समेत बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको उनको दाबी छ ।

‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’ ओलीले भने ।

प्रतिक्रिया