‘अपांगता भएका व्यक्तिहरूलाई हेर्न सरकार साथमा छ’


PM Oli

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताए। उनले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने समेत बताए।

‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ।’

उनले देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताए। उनले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।’

प्रतिक्रिया