
सुपरकम्प्युटरको प्रक्षेपण– पोर्चुगललाई हराउँदै अर्जेन्टिनाले जित्छ विश्वकप
काठमाडौँ। एक सुपरकम्प्युटरले कतारमा हुन गइरहेको फिफा विश्वकप फुटबल अर्जेन्टिनाले जित्ने प्रक्षेपण गरेको छ। बीसीए रिसर्चको सिद्धान्तमा आधारित उक्त सुपरकम्प्युटरले विश्वकपको फाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउने प्रक्षेपण गरेको हो।
यो प्रक्षेपण ईए स्पोर्टस् फिफा २०२३ गेममा आधारित खेलाडीको विवरणको आधारमा गरिएको हो। यसमा पछिल्लो चार विश्वकपको १९२ समूह चरण र ६४ नकआउट चरणको तथ्यांक पनि समावेश गरिएको थियो।
कतारमा हुने फिफा विश्वकप नोभेम्बर २० देखि सुरु हुँदै छ। यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ।
अर्जेन्टिना विश्वकपको समूह सीमा छ। यो समूहमा अर्जेन्टिनासँगै पोल्याण्ड, मेक्सिको र साउदी अरेबिया पनि छन्।
पोर्चुगल समूह एचमा छ। यो समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया छन्।



कागजपत्र |
