पठाओ र एभरेष्ट इन्स्योरेन्सबिच बीमा सम्झौता, यस्ताे छ प्राव्धान


काठमाडौं – राईड शेयरिंग तथा फुड डेलिभरी एप पठाओ र एभरेष्ट इन्स्योरेन्स बिच बीमा सम्झौता भएको छ । ग्राहक र राईडर चालकहरुलाई बीमा सुविधा प्रदान गर्नका लागि उक्त सम्झौता भएको हो ।

यस सम्बन्धमा दुई संस्थाका बिचमा साझेदारी पत्रमा हस्ताक्षर गरिएको पठाओ नेपाल प्रालिले जनाएको छ । अब ग्राहक तथा चालकहरुको दुर्घटनाका कारण हुन सक्ने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैंयासम्मको बीमा रकम प्राप्त गर्न सक्ने छन् ।

यसको साथै ग्राहक तथा राईडररचालकहरुले १ लाख रुपैंयासम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । यसका लागि भने सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरु सहित निवेदन गर्नु पर्दछ ।

प्रतिक्रिया