

बालगाेपालेश्वर मन्दिर भोलि भाइटीकाको दिन बिहान ५ बजेदेखि खुल्ने

काठमाडाैं – काठमाडाैंकाे रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहीवार बिहानैदेखि खुला हुने भएको छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडाैं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिनमात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधारणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको व्यवस्थापन काठमाण्डाै महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

