लोलाङ हाइटस्थित जुत्ता उद्योगमा आगलागी


काठमाडौं – काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ ।

सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ ।

जुत्ता कारखाना रहेको घरमा आगलागी भएको र नजिकै अरु सटरहरुमा पनि आगो सल्किएको जानकारी आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

प्रतिक्रिया