


नेपालमा ६९२ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

