अलकायदाको कार बम हमलामा ९ को मृत्यु


मोगादिसु – सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु भएको छ ।

सुरक्षा बलले होटलमा घेराबन्दी अन्त्य गर्नुअघि आक्रमणकारीहरूलाई मारेको क्षेत्रीय अधिकारीले बताए।

बन्दरगाह सहरको तवाकल होटलको गेटमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किएपछि गोली चलेको थियो ।

अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको बताएको छ ।

प्रतिक्रिया