नारायणकाजी आवेगः दिपशिखालाई हुत्याइदिए, माधव नेपालसँग चर्काचर्की


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध गरिएको विरोध सभामा अनौठो आवेग देखाएका छन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार विरोध सभा र जुलुसको व्यवस्थापन नभएपछि रिसाएका श्रेष्ठले मञ्चमा अध्यक्ष नेपालसँग चर्काचर्की रुपमा विवाद गरेका थिए। श्रेष्ठ रिसाएपछि सम्झाउन पुगेका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखालाई त हुत्याइदिएको दृश्य देखिएको थियो।

भनेअनुसारको कार्यक्रम नभएको भन्दै उनले यस्तो आवेग देखाएका थिए। पूर्वनिर्धारित कार्यक्रमको सेटअनुसार जुलुस लिएर अगाडि बढिसकेको तर बीचैमा सेट चेन्ज गरेर विधि मिचेका कारण विद्रोह गरेको श्रेष्ठको प्रतिक्रिया सतहमा आएका छन्।

प्रतिक्रिया