स्वास्थ्य राज्यमन्त्री केसी आइसियुमा भर्ना


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् ।

गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले राज्यमन्त्री केसीको आइसियुमा उपचार भइरहेको बताए ।

साउनयता नेपालमा ४२ हजार ५०४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ७७ जिल्लामा फैलिएको डेंगुका कारण यस वर्ष ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया