धादिङमा ट्रक दुर्घटना, १ को मृत्यु, १ घाइते


काठमाडौं – धादिङको धुनिबेशी नगरपालिका–४, तेर्सेपानीमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

ट्रकमा सवार स्थानीय ४० वर्षीय रामचन्द्र पुडासैनीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका ३५ वर्षीय विनोद आचार्यको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब १२ बजे भञ्ज्याङपोखरीबाट जीवनपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५८१ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । ट्रकसहित चालकलाई प्रहरीचौकी जीवनपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया