मास्क नलगाउनेलाई जेल सजाय


कोलोम्बो(एजेन्सी)– श्रीलंकाले कोरोना संक्रमण रोकथामका लागि नयाँ नियम ल्याएको छ । उसले मास्क नलगाउने आफ्ना नागरिकलाई जेल वा जरिवानाको प्रावधान ल्याएको हो ।

सरकारी सूचना अनुसार मास्क नलगाउने र सामाजिक दुरी पालना नगर्ने व्यक्तिका लागि यो सजाय दिइनेछ । नयाँ क्वारेन्टाइन नियमले कानून उल्लंघन गरेमा ६ महिनाको जेल सजाय वा १० हजार रुपैंयाँ जरिवाना लगाउने निर्णय गरेको हो । आइतबार जारी गरिएको नियम अनुसार अब जोकोहीले पनि मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

‘सबैभन्दा प्रमुख कुरा नियम अनुसार जोकोही व्यक्ति पनि सार्वजनिक स्थलमा हरेक समय फेस मास्क अनिवार्य लगाउनुपर्नेछ । योसँगै उनीहरुले सामाजिक दुरीलाई पनि ध्यान दिनुपर्नेछ’, सूचनामा भनिएको छ । श्रीलंकामा अक्टोबर ४ देखि संक्रमणको मामला बढेपछि यो नियमको दायरा बढाएर सुपर मार्के, खुद्रा पसल र सार्वजनिक यातायातसम्म पुर्याइएको छ । यससँगै सार्वजनिक संस्थान परिसरमा जोकोही जानेको नाम रजिष्टर्ड गर्न भनिएको छ ।

प्रतिक्रिया