२०० मिटर दौडमा शिवराज र निशालाई स्वर्ण


पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको एथलेटिक्सको २०० मिटर दौडमा सशस्त्रका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पोखरा रंगशालामा एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत जिते । कास्य जितेका आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समय निकाले । महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत हात पारिन् । पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेकी छिन् ।

प्रतिक्रिया