बेलायतकी प्रधानमन्त्री हटाउनुपर्ने भन्दै उठ्यो माग


काठमाडाैं – बेलायतको सत्तारूढ कन्सर्भेटिभ पार्टीका सदस्यहरूले प्रधानमन्त्री लिज ट्रसलाई पदच्युत गर्नुपर्ने माग राखेका छन् । बहुमत दिएर ट्रसलाई प्रधानमन्त्री बनाएको डेढ महिना पनि बित्न नपाउँदै कन्जर्भेटिभहरूको मन बदलिएको छ ।

ट्रसको ठाउँमा बोरिस जोनसनलाई पुनः ल्याउन उनीहरूले चाहेको एक सर्वेक्षण नतिजाले देखाएको छ । यूगोभ सर्वेक्षणमा ५५ प्रतिशत कन्सर्भेटिभहरूले फेरि मत दिनुपरेमा ऋषि सुनकलाई दिने बताएका छन् । ट्रस सुनकलाई हराएर प्रधानमन्त्री बनेकी हुन् ।

जम्मा २५ प्रतिशतले ट्रसलाई मत दिन चाहेको बताए । ट्रसले पेश गरेको मिनी बजेटको प्रस्तावबाट उनी नाटकीय रूपमा आफैं हटेपछि टोरी अर्थात् कन्जर्भेटिभ पार्टीका सदस्यहरू आक्रोशित छन् ।

सर्वेक्षणमा सहभागी ५५ प्रतिशत सहभागीले ट्रसको तत्काल राजीनामा मागेका छन् भन ३८ प्रतिशतले उनी पदमा कायम रहनुपर्ने बताएका छन् । अनि ६३ प्रतिशतले ट्रसको ठाउँमा बोरिस जोनसनलाई पुनः ल्याउनुपर्ने भनेका छन् । सुनकको पक्षमा २३ प्रतिशत सदस्य खुलेका छन् ।

प्रतिक्रिया