सत्यमोहन जोशीको सम्मानमा आज देशभर सार्वजनिक बिदा


काठमाडौं। सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत  सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा काठमाडौँको किष्ट अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया