
नेयमारको गोलमा पीएसजीको जित
काठमाडौँ- फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले मार्सिल्लेमाथि १–० गोल अन्तरको जित हात पारेको छ। आइतबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले निर्णायक गोल गरेका थिए।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ११ खेलबाट २९ अंक जोडेको छ। समान खेलबाट २६ अंक जोडेको लोरियन्ट दोस्रो स्थानमा छ। मार्सिल्लेले भने ११ खेलबाट २३ अंक जोडेको छ।



कागजपत्र |
