प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै : ओलीलाई निष्कासन गर्ने तयारी


काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको  प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। 

पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोधमा सडकमा प्रदर्शन गर्दै आएका छन् । स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको जानकारी दिएका छन् । बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ। 

प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए । 

‘पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, स्रोतले भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ ।’

प्रतिक्रिया