नेप्से परिसूचक ९.६९ अंकको गिरावट


काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ९.६९ अंक (०.५२ प्रतिशत) ले गिरावट आएको छ ।

आइतबार बैंकिङ र उत्पादनमूलक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बैंकहरु प्रथम त्रैमासिक क्लोजिङमा लाग्दा सकारात्मक वित्तीय विवरणको अपेक्षामा एभरेष्ट, स्ट्यान्नर्ड चाटर्ड, नेपाल एसविआई लगायत बैंकमा लगानीकर्ताको आकषर्ण देखिएको छ । जसले नेप्से रातो हुँदा पनि बैंकिङ उपसूचक भने हरियो देखिएको छ ।

लगानीकर्ता बजारप्रति पोजेटिभ नदेखिंदा कारोबार रकम आइतबार पनि १ अर्ब पुग्न सकेन । आइतबार बजारमा २४ लाख ७४ हजार ७८५ कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाख २६ हजारको कारोबार भएको छ । आज नेप्से परिसुचक १८६०.९४ अंकमा बन्द भएको छ ।

जसमध्ये एभरेष्ट बैंकको सर्वाधिक ८ करोड ४७ लाख ६० हजारको कारोबार भएको छ । यस्तै ग्लोबल आईएमई बैंकको ४ करोड ८८ लाख ६ हजारको कारोबार भएको छ । आइतबार नेप्सेमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १४८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ३० कम्पनीको बढेको छ । त्यस्तै ५ कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया