जोशीको सम्मानमा एक दिन राष्ट्रिय शोक विदा दिने सरकारको घोषणा


काठमाडौं — शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी गराएका हुन् ।

जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगर परिसरमा राखिएको छ । चार बजेसम्म त्यहीँ राखेर त्यसपछि पुनः अस्पतालमा लगेर उनको शव लामो समयसम्म नबिग्रने गरी राखिने जनाइएको छ ।

यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

प्रतिक्रिया