
शताब्दीपुरुष जोशीलाई श्रद्धाञ्जली दिन प्रचण्ड पुगे ललितपुर महानगर परिसर
ललितपुर – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीरलाई श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुर महानगर परिसर पुगेका छन् ।
१०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएका जोशीको निधनप्रति दुःख व्यक्त गर्दै प्रचण्डले जोशीको निधनखबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन् ।
उनले एक विज्ञप्ति जारी गर्दै ‘नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहनुका साथै १०३ वर्षको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने छ । नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु,’ भनेका छन् ।
महानगरपरिसरमा अपराह्न चार बजेसम्म राखेर जोशीको पार्थीव शरिरलाई पुनः अस्पतालमा पुर्याइने छ । जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।



कागजपत्र |
