सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो, अपराह्न ४ बजे पुनः अस्पतालमै पुर्याइने


काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो ।

अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।

त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।

जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया