शताब्दी पुरुष जोशीको पार्थिव शरिर अनन्तकालसम्म राखिने


ललितपुर – शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर अनन्तकालसम्म राखिने भएको छ । मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राख्ने निर्णय गरिएको जनाइएको छ ।

आइतबार बिहान ७ बजेर ९ बजे निधन भएका जोशीको परिवार, ललितपुर महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय गरिएको जनाइएको छ ।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जनाएका छन् । उनले केमिकललमा डुबाएर राखिएपछि शव अनन्तकालसम्म जस्ताको तस्तै राख्न सकिने पनि जनाए । त्यसका लागि अस्पतालले अध्ययन गरिसकेको पनि जनाइएको छ ।

प्रतिक्रिया