नक्सालको क्राउन प्लाजा होटलमा जलेर युवतीको मृत्यु, २ जना पक्राउ


काठमाडौ –  काठमाडौंको नक्सालस्थित क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ ।

होटलको कोठामा जलेकी २३ वर्षकी महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनी असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी गम्भीर घाइते बनेकी थिइन् ।

उनलाई संगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उपचारका लागि अस्पताल लगेपनि उनको थियो । सोमबार बिहान पौने ४ बजे आगो लागेकी युवतीको उपचारका लागि सुरुमा वीर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । तर त्यहाँ पनि उनको उपचार हुन नसकी सोमबार बिहान उनको मृत्यु भएको थियो ।

युवतीको मृत्युलगत्तै प्रहरीले सँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो । रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोमबार बिहान पौने ४ बजे भएको घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नदिएको भन्दै प्रहरीले होटल सञ्चालकलाई समेत पक्राउ  गरी ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी मैनालीले जानकारी दिए । युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको एसपी मैनालीले जनाकारी दिए ।

प्रतिक्रिया