नरहरिले प्रदिपलाई भने –काठमाडौंका मतदाता सत्य र विवेकपूर्ण न्यायको पक्षमा छन्


काठमाडौं – नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्वर ५ का मतदाता र आमनागरिक विवेकशिल, निष्ठावान र सचेत रहेको भन्दै सत्य र विवेकपूर्ण न्यायका पक्षमा रहेको क्षेत्रका बासिन्दाले प्रदिप पौडेललाई नेतृत्व सुम्पने विश्वास गरेका छन् ।

नेपाली कांग्रेसका बौद्धिक नेता तथा राजतन्त्रात्मक शासन कालमा गणतन्त्रको पक्षमा अभियान चलाउने नरहरी आचार्यलाई भेट्न आचार्य निवास पुगेका काठमाडौं क्षेत्र नम्वर ५बाट कांग्रेसका उम्मेदवार बनेका नेता प्रदिप पौडेललाई विजयीको लागि अग्रिम शुभकामना दिँदै आचार्यले यस्तो धारणा राखेका हुन् ।

उनले जनचाहनाअनुरुप स्थानिय, राष्ट्रिय र अन्तराट्रिय मुद्दामा सधै नागरीकको पक्षमा अडिग रहेर अघि बढ्न सुझाव दिँदै काठमाडौं क्षेत्र नम्बर ५ का आमनागरीक बिबेकशिल , निष्ठाबान र सचेत भएकाले परीबर्तन, सत्य र बिबेकपूर्ण न्यायको पक्षमा समर्पित भएको स्पष्ट पारे ।

नेता आचार्यले पौडेललाई भने, ‘काठमाडौं ५ का मतदाताले यस क्षेत्रको कार्यभार र नेतृत्व तिमीलाई सुम्पने छन् भन्ने कुरामा म बिस्बस्त छु ।’ काठमाडौं क्षेत्र नम्वर ५ का पूर्बसांंसद बौध्दिक ब्याक्तित्ब आचार्यबाट शुभकामना ग्रहण गर्ने क्रममा आचार्यले पौडेललाई मतदाताको चाहना अनुरुपको काम गर्न सुझाव दिएका थिए ।

२०६४ साल र २०७० सालमा भएको संंविधानसभा निर्वाचनमा विजयी भएका आचार्य शारिरीक अस्वस्थताका कारण सक्रिय राजनीतिबाट केही अलग भएका छन् । आचार्यले दुवै पटक एमालेका नेता इश्वर पाेखरेललाइ पराजित गराएका थिए । २०७४ काे निवार्चनमा आचार्य नउठी कांग्रेसले  डा. प्रकाशशरण महतलाइ उम्मेदवार बनाए पनि उनकाे लज्जाजनक पराजय भएकाे थियाे ।

प्रतिक्रिया