
मलेसियाको संसद विघटन
टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको जानकारी दिएका छन् । ‘हिजो मैले राजालाई भेटे । संसद विघटन गर्न मैले उनको अनुमति लिए । र, संसद विघटन गर्न राजा राजी हुनु भयो’, इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ ।



कागजपत्र |
